Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

एसईईका नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा असार १ गतेदेखि

एसईईका नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा असार १ गतेदेखि

नेपाल सम्वत् ११४६, बछलागाः १० दशमी (२९ बैशाख, २०८३, १२ मे, २०२६) मंगलबार, बाँपिझ्याला । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेडेड भएका विद्यार्थीका लागि पूरक परीक्षा असार १ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई विषयसम्म नन ग्रेडेड भएका विद्यार्थीले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। प्राप्त ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पनि ग्रेड सुधारका लागि परीक्षा दिन सक्ने व्यवस्था गरिएको छ।

यस वर्ष सार्वजनिक नतिजाअनुसार एक लाख ४६ हजार ५०७ परीक्षार्थी नन ग्रेडेड भएका छन्। बोर्डले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि सम्बन्धित विद्यालयलाई तयारी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

परीक्षा नियन्त्रक तुकराज अधिकारीका अनुसार दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले भने अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्नेछ।

सोमबार सार्वजनिक २०८२ सालको एसईई नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार यो नतिजा गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधारिएको हो। गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार