Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण


नेपाल सम्वत् ११४६, बछलागाः ९ नवमी (२८ बैशाख, २०८३, ११ मे, २०२६) सोमबार, बाँपिझ्याला । राष्ट्रिय परीक्षा बोर्ड
ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डका अनुसार नतिजा सार्वजनिक भए पनि अनलाइन प्रणालीमा विद्यार्थी विवरण केही समयपछि मात्रै उपलब्ध हुने जनाएको छ ।

यस वर्षको एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये नियमित समूहमा ४ लाख ४१ हजार ५६६ विद्यार्थी र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए ।

नतिजा सार्वजनिक भएसँगै विद्यार्थी, अभिभावक तथा विद्यालयहरूमा उत्साह र चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार