नेपाल सम्वत् ११४६, बछलागाः ९ नवमी (२८ बैशाख, २०८३, ११ मे, २०२६) सोमबार, बाँपिझ्याला । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज नतिजा औपचारिक रूपमा प्रकाशित गर्दै विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने व्यवस्था पनि मिलाएको जनाएको छ ।
बोर्डका अनुसार विद्यार्थीहरूले एसएमएस, आइभिआर (IVR) र विभिन्न आधिकारिक वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् । मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्टकोड प्रयोग गरेर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, नेपाल टेलिकमको १६०० नम्बरमा कल, एसएमएस र युएसएसडी सेवामार्फत पनि नतिजा हेर्न सकिनेछ । साथै, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट SEE Result Website, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट NEB Website र नेपाल टेलिकमको एसईई पोर्टल NTC SEE Result मार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
यस वर्षको एसईई नतिजा सार्वजनिक भएसँगै विद्यार्थी, अभिभावक र विद्यालयहरूमा उत्साह तथा चासो बढेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij