नेपाल सम्वत् ११४६, बछलागाः ९ नवमी (२८ बैशाख, २०८३, ११ मे, २०२६) सोमबार, बाँपिझ्याला । जिल्ला समन्वय समिति दोलखाकाे आयोजनामा आर्थिक वर्ष २०८२/०८३ मा संघीय तथा प्रदेश सरकार अन्तर्गतका कार्यालयहरू तथा स्थानीय तहबाट सञ्चालन भएका विकास आयोजना एवं कार्यक्रमहरूको हालसम्मको प्रगति समीक्षा कार्यक्रम भव्य रूपमा सुरु भएको छ।
कार्यक्रम बर्जुराम घतानीकाे अध्यक्षतामा सञ्चालन भइरहेको छ। कार्यक्रममा जिल्लाभित्रका स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी एवं पत्रकारहरूको उपस्थिति रहेको छ।
पहिलो दिनको कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालित विकास आयोजना, भौतिक तथा वित्तीय प्रगति, सेवा प्रवाहको अवस्था, बजेट कार्यान्वयन, अन्तरनिकाय समन्वय तथा विकास निर्माणका क्रममा देखिएका चुनौती र समाधानका उपायबारे विस्तृत समीक्षा तथा छलफल गरिएको छ।
कार्यक्रममा सहभागीहरूले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन, विपद् व्यवस्थापन लगायतका क्षेत्रका योजनाहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए। विभिन्न स्थानीय तह तथा कार्यालयहरूले कार्यान्वयनका क्रममा भोगिएका समस्या, स्रोत व्यवस्थापन, जनशक्ति अभाव, बजेट खर्चको अवस्था तथा आगामी कार्ययोजनाबारे समेत जानकारी गराएका छन्।
अध्यक्ष बर्जुराम घतानी ले विकास आयोजनाहरू समयमै सम्पन्न गर्न सबै निकायबीच प्रभावकारी समन्वय, उत्तरदायित्व र पारदर्शिताको आवश्यकता रहेको उल्लेख गर्दै जनअपेक्षा अनुसार परिणाममुखी काम गर्न आग्रह गर्नुभयो। उहाँले विकास निर्माणका कामलाई तीव्रता दिन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन समीक्षा कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन हुने तथा विभिन्न क्षेत्रगत कार्यालय र स्थानीय तहका प्रगति विवरणमाथि थप समीक्षा गरिने जनाइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij