नेपाल सम्वत् ११४६, बछलागाः ८ अष्ठमी (२७ बैशाख, २०८३, १० मे, २०२६) आईतबार, बाँपिझ्याला । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट आन्दोलनलाई नयाँ परिस्थितिअनुसार पुनः एकताबद्ध गर्न आवश्यक रहेको बताएका छन्। काठमाडौंको पेरिसडाँडामा आइतबार आयोजित निर्मल लामा स्मृति दिवस (२६औँ) कार्यक्रममा बोल्दै उनले आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउने ऐतिहासिक जिम्मेवारी अहिलेको नेतृत्वको काँधमा रहेको बताए।
कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको राजनीतिक अवस्थामा कम्युनिस्टहरूबीच एकता अनिवार्य भएको उल्लेख गरे। उनका अनुसार आन्दोलन विभाजित अवस्थामा रहँदा त्यसले लक्ष्य हासिल गर्न कठिन हुने भएकाले सबै शक्ति एक ठाउँमा ल्याउनुपर्ने आवश्यकता छ।
उनले वर्तमान सरकारमाथि गणतन्त्रका उपलब्धि र श्रमजीवी वर्गमाथि समेत दबाब सिर्जना भइरहेको आरोप लगाए। उनका अनुसार जनताको संघर्षबाट प्राप्त उपलब्धिहरू कमजोर पार्ने प्रयास भइरहेको देखिन्छ, जसका कारण कम्युनिस्ट आन्दोलन थप जिम्मेवार बन्नुपर्ने अवस्था आएको छ।
प्रचण्डले कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन नसके देशको राजनीतिक अवस्था अझ जटिल बन्न सक्ने चेतावनी पनि दिए। उनले विशेषगरी राष्ट्रिय स्वाधीनता नै चुनौतीमा पर्न सक्ने अवस्था देखिएको भन्दै गम्भीर बन्न सबै पक्षलाई आग्रह गरे। उनका अनुसार आन्दोलनलाई कमजोर पार्ने प्रयासहरू विभिन्न ढंगबाट भइरहेका छन्, जसलाई रोक्न एकता अपरिहार्य छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij