Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको तीव्र असन्तुष्टि

प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको तीव्र असन्तुष्टि

नेपाल सम्वत् ११४६, बछलागाः ६ षष्ठी (२५ बैशाख, २०८३, ८ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसप्रति कडा विरोध जनाएका छन्। वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको आरोप लगाउँदै उनले यसलाई सरकारको “अर्को ठूलो असफलता” को कारण बन्न सक्ने बताएका छन्।

हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत लगातार दुई वटा स्टाटस लेख्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्। उनले पछिल्लो स्टाटसमा लेखेका छन्, “वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधान न्यायधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण! अध्यादेशको औचित्य पुष्टि गरेको यही होला! चुपचाप घण्टी छापको करामत!”

यसअघि बिहान सवा ५ बजे गरिएको अर्को पोस्टमा उनले प्रधानन्यायाधीश नियुक्तिमा वरीयताको आधार मानिएको हो वा होइन भन्दै सरकारलाई प्रश्न गरेका थिए। साथै उनले “यही गर्नलाई संसद छलेर अध्यादेश ल्याएको हो?” भन्दै सरकारको निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्।

हर्क साम्पाङले सरकारलाई “नीतिगत भ्रष्टाचारी सरकार” भन्ने टिप्पणी समेत गरेका छन्। उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया, न्यायालयको स्वतन्त्रता तथा संवैधानिक मर्यादाबारे बहस तीव्र बनेको छ।

प्रधानन्यायाधीश नियुक्ति जस्तो संवेदनशील विषयमा वरीयता, योग्यता र संवैधानिक प्रक्रिया पालना हुनुपर्ने माग विभिन्न कानुन व्यवसायी तथा राजनीतिक वृत्तबाट पनि उठ्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार