Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

“जन बु जन लुँ” अभियान: बाँझो जमिनलाई समृद्ध भविष्यतर्फको ऐतिहासिक यात्रा

“जन बु जन लुँ” अभियान: बाँझो जमिनलाई समृद्ध भविष्यतर्फको ऐतिहासिक यात्रा

नेपाल सम्वत् ११४६, बछलागाः ३ तृतिया (२१ बैशाख, २०८३, ४ मे, २०२६) सोमबार, बाँपिझ्याला । “जन द्वाल्खा जिन दकेई” अभियानको गौरवमय यात्रालाई अघि बढाउँदै “जन बु जन लु (मेरो भूमि, मेरो सुन)” भन्ने प्रेरणादायी नाराका साथ दोलखाको बाँझो खेतलाई पुनः हराभरा र उर्बर बनाउने ऐतिहासिक महाअभियानको घोषणा गर्न लागिएको छ। भीमेश्वर नगरपालिका वडा नं. २, दोलखामा अवस्थित आफ्नै माटोलाई पुनर्जीवित गर्दै कृषि क्रान्तिमार्फत समृद्ध भविष्य निर्माण गर्ने यस पवित्र अभियानमा यहाँहरूको गरिमामय उपस्थिति हार्दिक रूपमा अनुरोध गरिन्छ।

यस अवसरमा वि.सं. २०८२ सालमा सम्पन्न भएका विभिन्न गतिविधिहरूको सार्वजनिक सुनुवाई गरिनेछ। साथै बाँझो खेत पल्टाउने महाअभियानको भावी दृष्टि, रणनीति र कार्ययोजनाको औपचारिक घोषणा पनि गरिनेछ। कार्यक्रममा सहभागीहरूबीच विचार आदान–प्रदान तथा अन्तरक्रियाको विशेष व्यवस्था गरिएको छ, जसले अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

कार्यक्रम विवरण

मिति: २०८३ वैशाख २५ गते, शुक्रबार
समय: बिहान ७:०० बजे
स्थान: भीमेश्वर नगरपालिका वडा नं. २ को कार्यालय, दोलखा (सभाकक्ष)

विशेष जानकारी:

देश–विदेशमा रहनुहुने महानुभावहरूले बाँपीझ्याला डटकम (Bapijhyala.com) को आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (Live) हेरी आफ्नो अमूल्य सुझाव तथा प्रतिक्रिया दिन सक्नुहुनेछ।

अनुरोधक 🙏 

नरेन्द्र श्रेष्ठ
संयोजक
जन द्वाल्खा जिन दकेई अभियान, दोलखा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार