Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

फिल्म ‘कुस्ती’ असोज ९ गतेदेखि प्रदर्शनमा आउने

फिल्म ‘कुस्ती’ असोज ९ गतेदेखि प्रदर्शनमा आउने

नेपाल सम्वत् ११४६, बछलागाः ३ तृतिया (२१ बैशाख, २०८३, ४ मे, २०२६) सोमबार, बाँपिझ्याला । अनिल योञ्जनको निर्माण तथा निर्देशन रहेको फिल्म ‘कुस्ती’ आगामी असोज ९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। वितरक तथा प्रदर्शकहरूसँगको छलफलपछि फिल्मलाई असोजमा रिलिज गर्ने निर्णय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन्।

काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको यो फिल्म प्रेमकथा र कमेडी ड्रामामा आधारित छ। निर्देशकका अनुसार फिल्मले प्रेम भए पनि स्वभावको भिन्नताका कारण एकसाथ रहन संघर्ष गरिरहेको एक जोडीको भावनात्मक कथा प्रस्तुत गर्छ।

फिल्ममा धिरज मगर, मिरुना मगर, पुष्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी, सूर्य मान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडिया’ उपाधि जित्दै टप १५ मा पुग्न सफल दीकिला शेर्पाले यस फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी छन्।

फिल्मको छायाङ्कन उमङ्ग शाहीले गरेका हुन् भने सम्पादन मित्रदेव गुरुङले गरेका छन्। संगीतमा दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहको योगदान रहेको छ।

काठमाडौँमा रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसलमा एफडी कम्पनीले फिल्म वितरण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार