Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भीमेश्वर–२ मा ‘शेयर सदस्य वित्तीय साक्षरता अभिमुखीकरण’ कार्यक्रम सुरु

भीमेश्वर–२ मा ‘शेयर सदस्य वित्तीय साक्षरता अभिमुखीकरण’ कार्यक्रम सुरु

नेपाल सम्वत् ११४६, बछलाथ्वः १४ पूर्णीमा (१८ बैशाख, २०८३, १ मे, २०२६) शुक्रबार, बाँपिझ्याला ।  भीमेश्वर नगरपालिका–२ मा “शेयर सदस्य वित्तीय साक्षरता अभिमुखीकरण” कार्यक्रम आजदेखि सुरु भएको छ। भीमेश्वर नगरपालिकाको समन्वयमा परोपकार महिला सहकारी संस्थाद्वारा सञ्चालित उक्त कार्यक्रम संस्थाकी अध्यक्ष अप्सरा चौलागाईंको अध्यक्षतामा तथा नगरपालिकाकी उप-प्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो। कार्यक्रममा ५४ जना सहभागीहरूको उपस्थिति रहेको थियो।

उद्घाटन सत्रमा उप-प्रमुख कमला बस्नेतले महिला सशक्तीकरण तथा आर्थिक सचेतनाका लागि वित्तीय साक्षरताको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी प्रस्तुतीकरण संस्थाकी निवर्तमान अध्यक्ष तथा सल्लाहकार शर्मिला सापकोटाले गर्नुभएको थियो भने संस्थाको नीति तथा कार्यक्रमबारे अध्यक्ष अप्सरा चौलागाईंले जानकारी गराउनुभयो।

यसैगरी महिला सशक्तीकरण विषयमा महिला अभियान्ता तारा तमाङले प्रस्तुतीकरण दिनुभएको थियो। कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, शिक्षा उपसमिति, लघुवित्त उपसमिति तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। उपाध्यक्ष शुसिला थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम सञ्चालक सदस्य गंगा शिवाकोटीले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार