नेपाल सम्वत् ११४६, बछलाथ्वः १४ पूर्णीमा (१८ बैशाख, २०८३, १ मे, २०२६) शुक्रबार, बाँपिझ्याला । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेकाले अस्पतालका नियमित सेवामा असर पर्न सक्ने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिरामीको सहज पहुँच सुनिश्चित गर्न बिदाको समयमा पनि ओपीडी सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij