Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सांसदहरूको आपत्ति: सुकुम्बासी बस्ती खाली गर्ने सरकारी कदमप्रति प्रश्न

सांसदहरूको आपत्ति: सुकुम्बासी बस्ती खाली गर्ने सरकारी कदमप्रति प्रश्न

नेपाल सम्वत् ११४६, बछलाथ्वः १० दशमी (१४ बैशाख, २०८३, २७ अप्रिल, २०२६) सोमबार, बाँपिझ्याला । राष्ट्रिय सभा सांसदहरूले सरकारले बिना पर्याप्त तयारी र पूर्वसूचना सुकुम्बासी बस्ती खाली गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो कार्यले बालबालिका, वृद्ध तथा सामान्य परिवारहरूमा ठूलो मानवीय समस्या उत्पन्न भएको बताएका हुन्।

नेकपा सांसद घनश्याम रिजालले बस्ती हटाउने क्रममा सरकार अमानवीय रूपमा प्रस्तुत भएको आरोप लगाए। उनले पर्याप्त समय र वैकल्पिक व्यवस्था बिना नै गरिएको कारबाहीले विस्थापित परिवारहरूलाई कष्ट दिएको भन्दै स्थलगत अनुगमन गर्नुपर्ने माग गरे।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारका पछिल्ला निर्णयहरूले जनतामा असन्तुष्टि बढाएको टिप्पणी गरे। उनले क्षेत्र विकासका लागि सांसदहरूलाई दिइने बजेट कटौतीप्रति पनि आपत्ति जनाउँदै निर्णय सच्याउन आग्रह गरे।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले सुकुम्बासी बस्ती हटाउने प्रक्रियाप्रति सरकारको कार्यशैली आलोचना गर्दै थप संवेदनशील र मानवीय दृष्टिकोण अपनाउनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार