नेपाल सम्वत् ११४६, बछलाथ्वः १० दशमी ९१४ बैशाख, २०८३, २७ अप्रिल, २०२६० सोमबार, बाँपिझ्याला । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन हुने भएका छन्।
संसदीय दलको नेता टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिले विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले आङ्देम्बेकै नाममा सहमति जुटाउँदा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको हो।
कार्यदलमा रहेका एक पदाधिकारीका अनुसार आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति भइसकेको छ। उनी समानुपातिकतर्फबाट सांसद निर्वाचित भएका हुन्।
सर्वसम्मत चयनको अवस्था बनेमा अर्जुननरसिंह केसीले पनि नेतृत्वमा इच्छा देखाएका थिए। केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित तथा पूर्व सहमहामन्त्री हुन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij