Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै

देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै

नेपाल सम्वत् ११४६, बछलाथ्वः ७ सप्तमी (११ बैशाख, २०८३, २४ अप्रिल, २०२६) शुक्रवार, बाँपिझ्याला । आज देशभर २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाउने परम्परा रहेको छ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित संसद् पुनःस्थापना गरी आफू कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेपछि निरङ्कुश शासनको अन्त्य भएको स्मरणमा यो दिन विशेष रूपमा मनाइन्छ।

त्यतिबेला जारी गरिएको घोषणामा राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र सार्वभौमसत्ता जनतामा निहित रहेको उल्लेख गरिएको थियो। सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा (माओवादी)को सहभागितामा भएको जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनःस्थापना भई लोकतान्त्रिक अभ्यास पुनः सुरु भएको थियो।

यस ऐतिहासिक आन्दोलनपछि नेपालले नयाँ राजनीतिक दिशा लिँदै दुई संविधानसभा निर्वाचनमार्फत विसं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्यो। त्यसपछि सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भई देश अहिले सङ्घीय प्रणालीको अभ्यासमा अगाडि बढिरहेको छ।

लोकतन्त्र दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गर्दै देशको समृद्धिका लागि सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्। लोकतन्त्र नै उत्तम शासन व्यवस्था भएको उल्लेख गर्दै उनीहरूले विकास र स्थायित्वतर्फ केन्द्रित हुन आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार