नेपाल सम्वत् ११४६, बछलाथ्वः ६ षष्ठी (१० बैशाख, २०८३, २३ अप्रिल, २०२६) बिहीबार, बाँपिझ्याला । पुष्पकमल दाहाल ले आफूहरू सत्तामा रहँदा भएका कमजोरी र विकृतिको सजाय जनताले निर्वाचनमार्फत दिएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
दाहालले सत्तामा रहँदा पार्टीभित्र विभिन्न कमजोरी र विकृति बढ्दै गएको स्वीकार गर्दै त्यसलाई सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। उनले जनताले कम्युनिस्टहरूलाई अस्वीकार नगरेको, बरु सच्याएर पुनः आउन सन्देश दिएको बताएका छन्।
उनका अनुसार हाल कम्युनिस्ट आन्दोलन केही समयका लागि कमजोर देखिए पनि यसलाई सुधार र आत्ममूल्यांकन गर्ने अवसरका रूपमा लिनुपर्नेछ। उनले कम्युनिस्टहरूमा आफ्ना गल्ती स्वीकार गर्ने र सुधार गर्ने क्षमता रहेको पनि उल्लेख गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij