नेपाल सम्वत् ११४६, बछलाथ्वः ५ पञ्चमी (९ बैशाख, २०८३, २२ अप्रिल, २०२६) बुधबार बाँपिझ्याला । नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा नेकपा नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गर्दै वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याउनुभएको छ। उहाँले न्याय, स्वतन्त्रता र समानताका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइते, अपाङ्ग र शहीद परिवारप्रति सम्मान व्यक्त गर्नुभएको छ।
प्रचण्डले वि.सं. २००६ सालमा स्थापना भएको कम्युनिष्ट आन्दोलनले सामन्ती शासन अन्त्य गर्दै देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको उल्लेख गर्नुभयो। तर अहिले पनि समाजमा शोषण, दमन र विभेदका नयाँ स्वरूप कायम रहेको भन्दै सच्चा जनताको शासन अझ पूर्ण रूपमा स्थापित हुन बाँकी रहेको उहाँको भनाइ छ।
वर्तमान विश्व परिवेशमा साम्राज्यवाद थप आक्रामक बन्दै गएको सन्दर्भमा लेनिनका विचार अझ सान्दर्भिक भएको उल्लेख गर्दै उहाँले समतामूलक समाज निर्माणका लागि सबै कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको बताउनुभयो।
उहाँले विगतका उपलब्धिहरूको रक्षा गर्दै श्रमजीवी जनताको पक्षमा आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिनुभयो। साथै, शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि सबै प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
अन्त्यमा, प्रचण्डले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र वैचारिक स्पष्टताका साथ अगाडि बढ्न सबैमा आह्वान गर्नुभएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij