Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गौरीशङ्कर बहुमुखी क्याम्पसमा अमृत राउतको नेतृत्वमा नयाँ समिति चयन

गौरीशङ्कर बहुमुखी क्याम्पसमा अमृत राउतको नेतृत्वमा नयाँ समिति चयन

नेपाल सम्वत् ११४६, चौलागाः १३ त्रयोदशी (२ बैशाख, २०८३, १५ अप्रिल, २०२६) बुधबार, बाँपिझ्याला ।  गौरीशंकर बहुमुखी क्याम्पस दोलखाको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन भएको छ। क्याम्पसको तेस्रो साधारण सभाले अमृत राउतको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको हो।

gaurishankar-campus.jpg

नवनिर्वाचित समितिमा रमेश खतिवडा, रामजी प्रसाद चौलागाईं, संगिता पाख्रिन र शक्ति पाठक सदस्य रहेका छन्। त्यस्तै सुरज बस्नेत ‘अबिरल’, गोपाल न्यौपाने, गोकर्ण प्रसाद पोखरेल, राधा मास्के, रोचना उप्रेती र सन्तोष रिमाल पनि सदस्यमा चयन भएका छन्।

दोलखा जिल्लामा उच्च शिक्षा विकासका लागि लामो समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको यस क्याम्पसमा नयाँ नेतृत्व आएपछि शैक्षिक गुणस्तर सुधार, प्रशासनिक सुदृढीकरण र भौतिक पूर्वाधार विकासले थप गति लिने अपेक्षा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष अमृत राउतले क्याम्पसलाई थप उचाइमा पुर्‍याउन सबै सरोकारवालासँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले विद्यार्थीमैत्री वातावरण निर्माण र संस्थागत सुधारलाई प्राथमिकता दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार