Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिन आयोग गठन

भ्रष्टाचार नियन्त्रणका लागि सम्पत्ति छानबिन आयोग गठन

नेपाल सम्वत् ११४६, चौलागाः १३ त्रयोदशी (२ बैशाख, २०८३, १५ अप्रिल, २०२६) बुधबार, बाँपिझ्याला । सरकारले २०६२–६३ देखि २०८२–८३ सम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च कर्मचारीहरूको सम्पत्ति विवरण संकलन र छानबिन गर्न विशेष आयोग गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।

प्रधानमन्त्री वालेन्द्र साह ‘बालेन’ को नेतृत्वमा सरकार गठन भएपछि चैत १३ गते १५ दिनभित्र यस्तो समिति गठन गर्ने निर्णय गरिएको थियो, जुन शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४३ औँ बुँदामा समावेश छ। उक्त बुँदाले देशमा फैलिएको भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति र दण्डहीनताको अन्त्य गर्ने लक्ष्य राखेको छ।

सरकारले आयोगलाई कानूनी मापदण्ड, प्रमाणमा आधारित र निष्पक्ष रूपमा छानबिन प्रक्रिया अघि बढाउने जिम्मेवारी दिएको छ। साथै आयोगले पेस गर्ने प्रतिवेदन र सिफारिसहरूलाई सम्बन्धित निकायमार्फत कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार