नेपाल सम्वत् ११४६, चौलागाः १३ त्रयोदशी ९२ बैशाख, २०८३, १५ अप्रिल, २०२६० बुधबार, बाँपिझ्याला । मध्यपुरथिमीमा बिस्केट जात्राको अवसर पारेर ३२ खटसहितको प्रसिद्ध सिन्दूर जात्रा हर्षोल्लासका साथ मनाइएको छ। यो जात्रा यहाँ मनाइने प्रमुख सांस्कृतिक परम्परामध्ये एक मानिन्छ।
जात्राका क्रममा मूल देवतालाई खटमा राखी धिमेबाजा बजाउँदै, चिराग बाली नगर परिक्रमा गरिन्छ। जात्रा विभिन्न चोक, चौबाटो, घर र टोलमा पुग्दा स्थानीय बासिन्दाले झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल वर्षाएर स्वागत गर्ने परम्परा रहेको छ।
यस जात्रामा काँया बाजा, भुस्याबाजा र धिमेबाजाको तालमा देवताका खटहरू नगर परिक्रमा गराइन्छ। साथै सहभागीहरूले एक–अर्कालाई सिन्दूर दल्ने, छ्याप्ने र रमाइलो गर्ने भएकाले यसलाई ‘सिन्दूर जात्रा’ भनिएको हो।
विशेषगरी बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराउँदै स्थानीयवासीहरूले उत्साहका साथ जात्रा मनाउँछन्। जात्राका क्रममा एक–अर्कामा सिन्दूर लगाउँदै सौहार्दपूर्ण वातावरणमा नाचगान गर्ने प्रचलनले यस पर्वलाई अझ आकर्षक बनाएको छ।
यो जात्राले थिमीको सांस्कृतिक पहिचानलाई झल्काउनुका साथै समुदायबीचको एकता र सद्भावलाई पनि मजबुत बनाउने विश्वास गरिन्छ।
फोटोः रत्न श्रेष्ठ
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij