Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

एमाले काठमाडौंको निष्कर्ष: अब नेतृत्वमा पुस्तान्तरण आवश्यक

एमाले काठमाडौंको निष्कर्ष: अब नेतृत्वमा पुस्तान्तरण आवश्यक

नेपाल सम्वत् ११४६, चौलागाः ११ एकादशी (३० चैत्र, २०८२, १३ अप्रिल, २०२६) सोमबार, बाँपिझ्याला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौं जिल्ला कमिटीले अध्यक्ष केपी शर्मा ओली को नेतृत्वमा अब पार्टी आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष निकालेको छ। चैत २४ गते जोरपाटीमा बसेको विस्तारित बैठकले पार्टीलाई अब नेतृत्व हस्तान्तरणभन्दा पनि पुस्तान्तरणको दिशामा लैजानुपर्ने ठहर गरेको हो।

बैठकमा केन्द्रीयदेखि वडा तहसम्मका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। छलफलपछि तयार गरिएको समीक्षा प्रतिवेदन माथिल्लो कमिटीमा पठाउने तयारी गरिएको छ। जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार उक्त सुझाव बागमती प्रदेश र केन्द्रीय कमिटीमा बुझाइनेछ।

काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले एक सिट पनि जित्न नसक्नु र अधिकांश क्षेत्रमा कमजोर प्रदर्शन हुनु मुख्य चिन्ताको विषय बनेको छ। समीक्षा प्रतिवेदनमा युवापंक्तिलाई आकर्षित गर्न नसक्नु, नेतृत्वप्रति बढ्दो असन्तुष्टि, नयाँ दलहरूको प्रभाव, तथा संगठनभित्रको कमजोरीलाई हारका प्रमुख कारणका रूपमा औंल्याइएको छ।

त्यस्तै, सरकारमा हुँदा उठेका भ्रष्टाचार र सुशासनका मुद्दा सम्बोधन गर्न नसक्नु, सामाजिक सञ्जालप्रतिको नियन्त्रणले युवा आक्रोश बढ्नु, र नेताहरूको अभिव्यक्तिले नकारात्मक प्रभाव पार्नु पनि उल्लेख गरिएको छ। प्रतिवेदनले पार्टीभित्रको गुटबन्दी, कमजोर संगठन परिचालन र उम्मेदवार छनोट प्रक्रियामा देखिएका असन्तुष्टिहरूले पनि निर्वाचन परिणाममा असर पारेको निष्कर्ष निकालेको छ।

समग्रमा, जिल्ला कमिटीले पार्टीमा आमूल सुधार, नयाँ नेतृत्व विकास, र जनतासँगको सम्बन्ध पुनर्स्थापना गर्न तत्काल पहल गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार