नेपाल सम्वत् ११४६, चौलागाः १० दशमी, (२९ चैत्र, २०८२, १२ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । बालेन्द्र साह नेतृत्वको सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। आइतबार साँझ सार्वजनिक गरिएको विवरणअनुसार प्रधानमन्त्री बालेनको सम्पत्ति विभिन्न स्रोतबाट उल्लेख्य रहेको देखिएको छ।
बालेन्द्र साह ले सामाजिक सञ्जालबाट मात्रै एक करोडभन्दा बढी आम्दानी गरेको उल्लेख गर्नुभएको छ। फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आईट्युन्समार्फत उक्त आम्दानी भएको विवरणमा जनाइएको छ। साथै उहाँकी श्रीमतीसँग करिब १९० तोला सुनचाँदी रहेको र त्यसलाई पैतृक सम्पत्तिका रूपमा उल्लेख गरिएको छ।
भूमि सम्पत्तितर्फ बालेनले महोत्तरीमा नौ बिघा, धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा रहेको विवरण पेश गर्नुभएको छ।
त्यस्तै अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले ललितपुर, काभ्रे, सानेपा र बन्दीपुरमा घर तथा अपार्टमेन्ट रहेको उल्लेख गर्नुभएको छ। ती सम्पत्तिहरू करिब १२ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको विवरणमा जनाइएको छ।
गृहमन्त्री सुधन गुरुङ को सम्पत्ति विवरणअनुसार चितवन, गोरखा र धनकुटामा जग्गा रहेको छ। चितवनमा ३० कट्ठा, गोरखामा २२१ रोपनी र धनकुटामा १९ रोपनी जग्गा रहेको उल्लेख गरिएको छ। साथै उहाँसँग ८९ तोला सुन, ६ किलो चाँदी तथा विभिन्न बैंकमा नगद मौज्दात रहेको विवरण सार्वजनिक गरिएको छ।
गत चैत १३ गते सरकार गठनपछि सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आलोचना हुँदै आएको अवस्थामा अब उक्त विवरण सार्वजनिक गरिएको हो। भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था छ।
यसपटक सार्वजनिक गरिएको विवरणले पारदर्शिताको सन्देश दिएको भए पनि यसअघि सरकारका मन्त्रीहरूले यस्तो विवरण सार्वजनिक नगर्ने परिपाटी रहेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij