नेपाल सम्वत् ११४६ (२६ चैत्र, २०८२, ९ अप्रिल, २०२६) बाँपिझ्याला । प्राचीन नगरी द्वाल्खाको मुटु मानिने कोर्छे टोलस्थित ऐतिहासिक रानिपोखरीमा ४ हजार वटा माछा छोडिएको छ। “जन द्वाल्खा जिन दकेई (मेरो दोलखा म बनाउँछु)” अभियान अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय स्तरमै आर्थिक सम्भावना विस्तार गर्ने लक्ष्य राखेको छ।
माछा छोड्ने कार्यक्रम भीमेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठमार्फत सम्पन्न गरिएको हो। अभियानका संयोजक नरेन्द्र श्रेष्ठका अनुसार, रानिपोखरीमा माछापालन सुरु गरिनुले आगामी दिनमा स्थानीय बासिन्दाका लागि आयआर्जनको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।
उहाँले अभियान स्थापना कालदेखि नै कृषि, सिँचाइ, जनश्रमदान, कला–संस्कृति संरक्षण तथा सम्पदा प्रवर्द्धनजस्ता क्षेत्रमा सक्रिय रूपमा काम हुँदै आएको जानकारी दिनुभयो। “दोलखा आफैं बनाउने, आफ्नै स्रोतबाट समृद्ध बनाउने” भन्ने मूल नारालाई आत्मसात गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमा जोड दिइएको उहाँको भनाइ छ।
रानिपोखरीमा माछा छोड्ने यस पहलले न केवल आर्थिक गतिविधि बढाउने विश्वास लिइएको छ, साथै यसले पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको यो पोखरी अब पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ।
स्थानीयवासीको सक्रिय सहभागिता र सहकार्यमा सम्पन्न कार्यक्रमले सामूहिक प्रयासबाट दिगो आर्थिक विकास सम्भव छ भन्ने सन्देश दिएको छ। यस्तो प्रकारका पहलहरूले गाउँ–ठाउँमै रोजगारी सिर्जना गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij