नेपाल सम्वत् ११४६, चौलाथ्वः १५ पञ्चमी (१९ चैत्र, २०८२, २ अप्रिल, २०२६) बिहीबार, बाँपिझ्याला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाको विगु, गौरीशंकर र कालिन्चोक गाउँपालिका स्तरीय समीक्षात्मक बैठक सिङ्गटीस्थित चिनारी होटलमा बिहीबार सम्पन्न भएको छ।
निर्वाचनपछिको पहिलो समीक्षा बैठकका रूपमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार विशाल खड्का प्रमुख अतिथि रहेका थिए।
बैठकमा तीनवटै गाउँपालिकाका पार्टी अध्यक्ष तथा निर्वाचित जनप्रतिनिधिहरूले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी कार्यदिशाबारे धारणा राखेका थिए।
छलफलमा पार्टीको तल्लो तहसम्म संरचना मजबुत बनाउने, सदस्यता विस्तार गर्ने र जनतासँगको सम्बन्ध थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो।
बैठकको सञ्चालन नेकपाका नेता बुक्तम तामाङले गरेका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij