Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

गौरीशङ्कर क्याम्पसको ४५औं वार्षिकोत्सव सम्पन्न, शैक्षिक सुधारमा जोड

गौरीशङ्कर क्याम्पसको ४५औं वार्षिकोत्सव सम्पन्न, शैक्षिक सुधारमा जोड

नेपाल सम्वत् ११४६, चौलाथ्वः १३ तृर्तिया (१७ चैत्र, २०८२, ३१ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले आफ्नो ४५औं वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि इश्वर नारायण मानन्धरले सामाजिक तथा शैक्षिक संस्थामा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

उनले भीमेश्वर नगरपालिका ले क्याम्पसलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउत ले आफ्नो कार्यकालमा क्याम्पसको आर्थिक, भौतिक तथा संस्थागत सुधारमा उल्लेखनीय प्रगति भएको बताए। साथै उनले छात्रावास निर्माण र शैक्षिक गुणस्तर अभिवृद्धि अझै आवश्यक रहेको धारणा राखे।

क्याम्पस प्रमुख शान्त बहादुर केसी ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिनुका साथै छात्रवृत्ति कोषमार्फत दर्जनौँ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको क्याम्पस प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार