नेपाल सम्वत् ११४६, चौलाथ्वः ८ अष्ठमी (१२ चैत्र, २०८२, २६ मार्च, २०२६) बिहीबार, बाँपिझ्याला । गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज सिंहदरबारस्थित नवनिर्मित संसद् भवनमा पद तथा गोपनीयताको शपथ लिएका छन्। समारोहमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ जना सांसदलाई शपथ गराएका हुन्, जसले यसअघि रामचन्द्र पौडेलबाट शपथ लिएका थिए।
नेपालको संविधानअनुसार गरिएको शपथ ग्रहणमा यसपटक भाषा तथा सांस्कृतिक विविधताको झल्को देखिएको छ। संसद् सचिवालयका अनुसार ४७ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्। सांसदहरू जातीय तथा राष्ट्रिय पहिचान झल्किने पोसाकमा उपस्थित हुनु समारोहको अर्को आकर्षण बनेको थियो।
यससँगै नयाँ प्रतिनिधिसभाले आफ्नो संसदीय प्रक्रिया औपचारिक रूपमा अघि बढाउने बाटो खुलेको छ। निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटसहित अग्रता लिएको छ भने नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाल कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij