Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

‘धुरन्धर २’ को १००० करोड दाबीमाथि प्रश्न, समाचारको सत्यता शंकास्पद

‘धुरन्धर २’ को १००० करोड दाबीमाथि प्रश्न, समाचारको सत्यता शंकास्पद

नेपाल सम्वत् ११४६, चौलाथ्वः ८ अष्ठमी (१२ चैत्र, २०८२, २६ मार्च, २०२६) बिहीबार, बाँपिझ्याला । बलिउड फिल्म ुधुरन्धर २ु (धुरन्धरः द रिभेन्ज) ले विश्वव्यापी बक्स अफिसमा १ हजार करोड भारूभन्दा बढी कमाइ गरेको छ।

रणवीर सिंह अभिनीत जासूसी थ्रिलर फिल्मले प्रदर्शनको ७ दिनमै १ हजार करोड क्लब प्रवेश गर्दै सर्वकालिन सफल फिल्मको सूचीमा आफ्नो बलियो स्थान बनाएको हो। 

यो अल्लु अर्जुन अभिनीत ुपुष्पा २ु पछि सबभन्दा छिटो उक्त कमाइ गर्ने भारतीय फिल्म बनेको छ। विश्वव्यापी बक्स अफिसमा पहिलो साता धुरन्धर २ ले १ हजार ६ करोड भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्। 

भारतीय बक्स अफिसमा पनि फिल्मले ठूलो कमाइ गरेको छ। सात दिनसम्म आउँदा फिल्मले भारतमा ६२३ करोड भारू नेट ९७४५ करोड ग्रस० कमाएको हो। 

धुरन्धर २ु ले विश्वव्यापी कमाइमा ब्लकबस्टर फिल्महरूलाई समेत उछिनेको छ। यसले एसएस राजामौलीको बाहुबली २ ले भन्दा छिटो करोड क्लबको आँकडा पार गरेको छ। 

धुरन्धर २ आरआरआर, केजीएफ च्याप्टर २, कल्की २८९८ एडी साथै बलिउड ब्लकबस्टरहरू पठान र जवानसहित अन्य प्यान–इन्डिया हिटहरू भन्दा छिटो १००० करोड क्लबमा पुगेको छ।

बिहीबार यसले शाहरूख खानको पठान र प्रभासको कल्की २८९८ एडी ९दुबै लगभग १०५० करोड० को विश्वव्यापी कलेक्सनलाई पार गर्ने अपेक्षा गरिएको छ।

आदित्य धरद्वारा निर्देशित ुधुरन्धर २ु मा रणवीर सिंहबाहेक आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन र राकेश बेदीलगायत कलाकारहरूको अभिनय छ।

पहिलो धुरन्धरले विश्वव्यापी रूपमा १३०० करोड भारू कमाएको थियो।

ल्अभिि
उक्त फिल्म रिलिज भएको तीन महिनापछि ‘धुरन्धर २’ रिलिज भएको हो। सिक्वेलले अझ राम्रो गर्ने अपेक्षा गरिएको छ।

धुरन्धर २ ले नेपालमा समेत राम्रो कमाइ गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार