Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

भायानेटले ल्यायो ‘वाइफाइ ६’ आधारित नयाँ इन्टरनेट सेवा

भायानेटले ल्यायो ‘वाइफाइ ६’ आधारित नयाँ इन्टरनेट सेवा

नेपाल सम्वत् ११४६, चौलाथ्वः ६ षष्ठी (१० चैत्र, २०८२, २४ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेड ले इन्टरनेट अवरोध, बफरिङ र कमजोर सिग्नलको समस्या समाधान गर्ने उद्देश्यसहित ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। नयाँ सेवाले प्रयोगकर्तालाई उच्च गति र स्थिर कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ।

डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ प्रयोग

गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै विकास गरिएको यो प्रविधिले पुरानो सिस्टमको तुलनामा चार गुणासम्म बढी कार्यक्षमता दिने कम्पनीले जनाएको छ। यसले लेटेन्सी घटाएर एकै समयमा मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम सहज बनाउनेछ।

कम्पनीले २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका प्याकेज उपलब्ध गराएको छ। २५० एमबीपीएस गतिको वार्षिक योजना रु. १३,८०० (भ्याट सहित) मा उपलब्ध हुने र यसमा १ महिना निःशुल्क सेवा पनि दिइने बताइएको छ।

घरभरि समान इन्टरनेट सिग्नलका लागि कम्पनीले रु. ३,५०० मा ‘वाइफाइ ६ मेस’ राउटर पनि उपलब्ध गराएको छ। साथै, पुराना ग्राहकहरूले मात्र रु. ५०० मा आफ्नो पुरानो राउटरलाई नयाँ ‘वाइफाइ ६’ उपकरणमा अपग्रेड गर्न सक्नेछन्।

कम्पनीका अनुसार नयाँ सेवा ४के भिडियो स्ट्रिमिङदेखि अनलाइन गेमिङसम्मका आधुनिक आवश्यकताहरू सहज रूपमा पूरा गर्न सक्षम हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार