नेपाल सम्वत् ११४६, चौलाथ्वः ६ षष्ठी (१० चैत्र, २०८२, २४ मार्च, २०२६) मंगलबार, बाँपिझ्याला । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठकमा ११ वटा प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएको छ। गगनकुमार थापा को सभापतित्वमा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकमा महामन्त्री प्रदीप पौडेल ले प्रस्तावहरू पेश गरेका हुन्।
बैठकको प्रारम्भ गर्दै सभापति थापाले चुनावी परिणाम, पार्टीको आगामी रणनीति तथा १५ औँ महाधिवेशनको खाका बारे आफ्नो धारणा राखेका थिए। बैठकमा समसामयिक राजनीतिक विषयदेखि सुशासन, संविधान संशोधनका लागि विज्ञ समिति गठन, महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठन लगायतका विषय समेटिएका प्रस्तावहरू पेश भएका छन्।
त्यसैगरी क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियान, प्रदेश तथा स्थानीय सरकारको समीक्षा, भ्रातृ संगठनहरूको व्यवस्थापन र केन्द्रीय लेखा समिति गठनका विषयहरू पनि प्रस्तावमा समावेश छन्।
बैठकमा २८ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए। साथै मधेश र बागमती प्रदेशका सभापतिहरूले समेत पार्टीका समसामयिक विषयमा आफ्नो विचार व्यक्त गरेका छन्।
१. समसामयिक ।
२. सुशासन स्थापना गर्न हाम्रो साथ, सक्रियता र सुझाव ।
३. संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञ सहितको समिति गठन ।
४. १५ औं महाधिवेशनको कार्यतालिका ।
५. केन्द्रीय निर्वाचन समिति गठन ।
६. प्रतिनिधि सभा सदस्यहरुलाई अभिमुखीकरण ।
७. क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान ।
८. प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता ।
९. भ्रातृ संघ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा ।
१०. केन्द्रीय लेखा समिति गठन ।
११. विविध ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij