Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखाबाट २ हजार ३ सय २२ विद्यार्थी एसईईमा सहभागी हुने

दोलखाबाट २ हजार ३ सय २२ विद्यार्थी एसईईमा सहभागी हुने

नेपाल सम्वत् ११४६, चौलाथ्वः ५ पञ्चमी (९ चैत्र, २०८२, २३ मार्च, २०२६) सोमबार, बाँपिझ्याला । दोलखाबाट यस वर्ष २ हजार ३ सय २२ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने भएका छन्। परीक्षा यही चैत १९ गतेदेखि सुरु भएर चैत २९ गतेसम्म सञ्चालन हुनेछ। जिल्लाका ९५ विद्यालयका विद्यार्थीहरू यस परीक्षामा सहभागी हुनेछन्।

सहभागीमध्ये १ हजार ९ सय १४ जना नियमित, ३ सय ५८ जना ग्रेडवृद्धि र ५० जना प्राविधिक धारका विद्यार्थी रहेका छन्। कुल परीक्षार्थीमध्ये १ हजार २ सय ८४ छात्रा र १ हजार ३८ छात्र छन्।

सामुदायिक विद्यालयबाट सबैभन्दा धेरै १ हजार ७ सय १९ विद्यार्थी सहभागी हुनेछन् भने संस्थागत विद्यालयबाट २४६ र खुला विद्यालयबाट १४ जना परीक्षामा सहभागी हुनेछन्। परीक्षाका लागि जिल्लाभर १७ वटा केन्द्र तोकिएका छन्।

गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थी संख्या केही घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार