Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चरिकोट खानेपानी सेवा एकीकृत, अब ५५ सय धारामा सुधारको अपेक्षा

चरिकोट खानेपानी सेवा एकीकृत, अब ५५ सय धारामा सुधारको अपेक्षा

नेपाल सम्वत् ११४६, चौलाथ्वः ४ चतुर्थी (८ चैत्र, २०८२, २२ मार्च, २०२६) आईतबार, बाँपिझ्याला । चरिकोटमा लामो समयदेखि छुट्टाछुट्टै रूपमा सञ्चालन हुँदै आएका खानेपानी आयोजना समिति र संस्था अन्ततः एकीकृत भएका छन्। यससँगै भिमेश्वर नगरपालिकाभित्रका करिब ५५ सय धारामा खानेपानी सेवा अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

यसअघि एउटै मुहान प्रयोग हुँदाहुँदै पनि दुई फरक संरचनाबाट पानी वितरण हुँदै आएको थियो, जसका कारण व्यवस्थापनमा जटिलता र विवाद देखिँदै आएको थियो। अब भने एकीकृत प्रणालीमार्फत सेवा सञ्चालन हुने भएपछि ती समस्या समाधान हुने विश्वास गरिएको छ।

एकीकरणपछि बद्रीकुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय नयाँ समिति गठन गरिएको छ। समितिले वितरण प्रणाली सुधार, स्रोतको उचित व्यवस्थापन र उपभोक्ता सेवाको गुणस्तर वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

यस प्रक्रियामा भिमेश्वर नगरपालिकाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ। विशेषगरी मेयर ईश्वर नारायण मानन्धरको सक्रिय पहलपछि लामो समयदेखिको विवाद समाधानतर्फ गएको हो।

स्थानीय उपभोक्ताहरूले पनि यस कदमलाई सकारात्मक रूपमा लिँदै अब खानेपानी सेवामा स्थायित्व, सहजता र दीर्घकालीन सुधार आउने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार