Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखामा प्रहरी सक्रियता बढ्यो, फरार १६ प्रतिवादी पक्राउ

दोलखामा प्रहरी सक्रियता बढ्यो, फरार १६ प्रतिवादी पक्राउ

नेपाल सम्वत् ११४६, चौलाथ्वः ४ चतुर्थी (८ चैत्र, २०८२, २२ मार्च, २०२६) आईतबार, बाँपिझ्याला । दोलखा प्रहरीले चैत १ देखि ७ गतेसम्म सञ्चालन गरेको विशेष “अभियन्ता कार्यान्वयन” अभियानअन्तर्गत विभिन्न मुद्दामा फरार रहेका १६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार यस अभियानले अदालतबाट फैसला भइसकेपछि पनि फरार रहेका व्यक्तिहरूलाई खोजी गरी कानुनी दायरामा ल्याउने कामलाई तीव्र बनाएको छ।

कर्तव्यज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका बैतेश्वर गाउँपालिका–२ का समर तामाङ पक्राउ परेका छन्। त्यस्तै, बहुविवाह मुद्दामा एक/एक वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका मेलुङ–१ का डिल्लीबहादुर बुढाथोकी र उनकी पत्नी शान्ता कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

बैंकिङ कसुरअन्तर्गत विदेशी विनिमयको अवैध कारोबारमा ८८ लाख ८ हजार २५० रुपैयाँ जरिवाना तोकिएका कालिञ्चोक–५ का मानध्वज थापा पक्राउ परेका छन्। यसैगरी, बैंकिङ तथा चेक अनादरसम्बन्धी कसुरमा फरार रहेका शैलुङ–४ का घनश्याम श्रेष्ठ, वैतेश्वर–३ का सञ्जिवकुमार दाहाल र गौरीशंकर–४ का विश्वराज गुरुङसहित अन्य प्रतिवादीहरूलाई पनि पक्राउ गरिएको छ।

यसका अतिरिक्त साना जरिवानाका मुद्दामा फरार रहेका ७ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। दोलखा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुंगेलीका अनुसार पक्राउ परेका सबैलाई लगत कट्टाका लागि सम्बन्धित अदालतमा पेश गरिएको छ। प्रहरीले यस्ता अभियानलाई निरन्तरता दिँदै कानुन कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार