Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखा भीमेश्वरप्रति आस्था, नारायण मन्दिर पुनर्निर्माणमा मेयर श्रेष्ठको सहयोग

दोलखा भीमेश्वरप्रति आस्था, नारायण मन्दिर पुनर्निर्माणमा मेयर श्रेष्ठको सहयोग

नेपाल सम्वत् ११४६, चौलाथ्वः ४ चतुर्थी (८ चैत्र, २०८२, २२ मार्च, २०२६) आईतबार, बाँपिझ्याला ।  महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, दोलखा भीमेश्वर मन्दिर प्रति आफ्नो गहिरो आस्था र समर्पणका लागि चिनिनुहुन्छ। उहाँ वर्षमा करिब ६–७ पटक दोलखा पुगेर भीमेश्वरको दर्शन गर्ने गर्नुहुन्छ।

दोलखा भ्रमणका क्रममा उहाँले सधैं केही न केही सहयोग ल्याउने परम्परा जस्तै बसाल्नुभएको छ। कहिले स्थानिय विद्यालयका विद्यार्थीहरूका लागि खेलकुद सामग्री, कहिले मन्दिर सुरक्षाका लागि सिसी क्यामेरा अवलोकन गर्न टिभी, त कहिले जात्राका सहभागीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आउनुभएको छ।

यसपटक भने उहाँ नारायण मन्दिर पुनर्निर्माणको योजना लिएर दोलखा पुग्नुभएको हो। महालक्ष्मी नगरपालिकाबाट नारायण मन्दिर निर्माणका लागि रु. ९ लाख सहयोग उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो।

दोलखा भ्रमणका क्रममा उहाँ स्थानीय दि पुखुर्चा दोलखा रिसोर्टमा बस्नुभएको थियो। उहाँको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै रिसोर्टले उहाँलाई आवास सेवा निःशुल्क प्रदान संचालन श्रृजना मानन्धर बताउनु हुन्छ ।

स्थानीयस्तरमा धार्मिक सम्पदा संरक्षण र विकासमा यस्तो सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। श्रद्धा र सेवाको यो उदाहरणले अन्यलाई पनि प्रेरणा दिने अपेक्षा गरिएको छ।

Hari-govinda1.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार