Oct 10 2026 | २०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

पोखरामा ‘१८ डी’ सिनेमा सञ्चालन : नयाँ अनुभवसहित मनोरञ्जनको आधुनिक आयाम

पोखरामा ‘१८ डी’ सिनेमा सञ्चालन : नयाँ अनुभवसहित मनोरञ्जनको आधुनिक आयाम

नेपाल सम्वत् ११४६, चौलाथ्वः ४ चतुर्थी (८ चैत्र, २०८२, २२ मार्च, २०२६) आईतबार, बाँपिझ्याला । डिज्नील्यान्ड लेकसाइड मा ‘१८ डी’ सिनेमा औपचारिक रूपमा सञ्चालनमा आएको छ। यस नयाँ प्रविधियुक्त सिनेमाको उद्घाटन नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल ले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै हमालले पोखराले अब फरक र आधुनिक किसिमको सिनेमाटिक अनुभव पाउने बताए। उनले ‘१८ डी’ सिनेमा केवल मनोरञ्जनमा सीमित नभई दर्शकलाई नयाँ संसारको अनुभूति गराउने माध्यम भएको उल्लेख गरे।

‘१८ डी’ सिनेमा सञ्चालनमा ल्याएको फ्लाइ नेपाल इन्टरटेनमेन्ट का प्रमुख राम थापाका अनुसार काठमाडौँमा सफल परीक्षणपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै पोखरामा सेवा विस्तार गरिएको हो। उनका अनुसार पोखरामा प्रयोग गरिएको प्रविधि काठमाडौँको भन्दा अझ उन्नत छ।

कम्पनीका निर्देशक हिमाल थापा ले यस प्रकारको सिनेमा पोखरामा सुरु हुनु साहसिक मनोरञ्जन क्षेत्रमा नयाँ उपलब्धि भएको बताए।

यस ‘१८ डी’ सिनेमा अन्तर्गत दर्शकले १० देखि ३० मिनेटसम्मका १७ वटा फरक–फरक कथात्मक अनुभव लिन सक्नेछन्। विशेष कुरा के छ भने, यसमा कुनै चश्मा वा हेडसेट प्रयोग गर्नुपर्दैन, जसले सबै उमेर समूहका दर्शकलाई सहज रूपमा आकर्षित गर्ने अपेक्षा गरिएको छ।

यससँगै पोखरा अब प्राकृतिक सौन्दर्य मात्र नभई आधुनिक प्रविधियुक्त मनोरञ्जनको गन्तव्यका रूपमा पनि स्थापित हुने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार