नेपाल सम्वत् ११४६, चौलाथ्वः २ द्वितिया (६ चैत्र, २०८२, २० मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संसदीय दलको नेता निर्वाचन नगरी सर्वसम्मत नियुक्ति गर्ने निर्णय गरेको छ। पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलपछि निर्वाचित सांसदहरूको सहमतिमा बालेन्द्र शाहलाई दलको नेता बनाउने सहमति पुगेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
पार्टीको हालको विधान अनुसार संसदीय दलको नेता निर्वाचनबाट चयन गर्नुपर्छ। तर, शीर्ष नेताहरूबीच सर्वसम्मत सहमति भएपछि यसपालि मतदान प्रक्रिया नगरी प्रत्यक्ष सर्वसम्मत नियुक्ति गर्ने निर्णय गरिएको हो।
यस निर्णयको औपचारिक अनुमोदनका लागि चैत १२ गते पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ। बैठकपछि बालेन्द्र शाहको संसदीय दलको नेता पदमा औपचारिक घोषणा गरिने बताइएको छ।
यो कदमले पार्टीभित्र एकता र स्थिरता कायम गर्ने उद्देश्य राखेको बताइएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij