Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

चैत १२ मा शपथ ग्रहण, मातृभाषाका लागि तीन दिनको समय

चैत १२ मा शपथ ग्रहण, मातृभाषाका लागि तीन दिनको समय

नेपाल सम्वत् ११४६, चौलाथ्वः २ द्वितिया (६ चैत्र, २०८२, २० मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । संघीय संसद् सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण आगामी चैत १२ गते बिहीबार हुने औपचारिक रूपमा घोषणा गरेको छ। शुक्रबार जारी सूचनामा शपथ ग्रहणको समय, स्थान र आवश्यक प्रक्रियाबारे विस्तृत जानकारी दिइएको हो।

यो शपथ कार्यक्रम हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन पछि नयाँ संसद् गठनतर्फको पहिलो संवैधानिक कदमका रूपमा हेरिएको छ। सचिवालयका अनुसार दिउँसो २ः०० बजे, संघीय संसद् भवन, बहुउद्देश्यीय सभाकक्ष हुने भएको छ । कार्यक्रम व्यवस्थापनलाई व्यवस्थित बनाउन सबै नवनिर्वाचित सांसदहरूलाई कम्तीमा २ घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।

शपथका लागि अनिवार्य कागपत्रहरु निर्वाचन आयोग बाट जारी प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र सक्कल र प्रतिलिपि दुवै, नेपाली नागरिकताको प्रमाणपत्रको  प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो रहेको छ । यसै गरी कागजात बिना शपथ प्रक्रियामा सहभागी हुन कठिन हुन सक्ने भएकाले सचिवालयले विशेष ध्यान दिन आग्रह गरेको छ।

पोसाकसम्बन्धी निर्देशन सचिवालयले सांसदहरूलाई औपचारिक पोसाक वा आफ्नो जातीय सांस्कृतिक पहिचान झल्किने मौलिक पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ। यसले संसद्मा नेपालको सांस्कृतिक विविधता झल्किने अपेक्षा गरिएको छ।

नेपाली भाषा बाहेक मातृभाषामा शपथको लागि विशेष व्यवस्था गरिएको छ । 

नेपाली बाहेक अन्य मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि पनि विशेष व्यवस्था गरिएको छ। यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची–३ अनुसारको शपथ पाठ सम्बन्धित भाषामा अनुवाद गरी कार्यक्रमभन्दा कम्तीमा ३ दिन अगावै ‘सांसद सुविधा व्यवस्थापन शाखा’ मा बुझाउनु आग्रह गरेको छ ।

sapatha.jpg

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार