Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

कांग्रेसभित्र हलचल: सभापति गगनकुमार थापा को राजीनामापछि आज निर्णायक बैठक

कांग्रेसभित्र हलचल: सभापति गगनकुमार थापा को राजीनामापछि आज निर्णायक बैठक

नेपाल सम्वत् ११४६, चौलाथ्वः २ द्वितिया (६ चैत्र, २०८२, २० मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको महत्वपूर्ण बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्दैछ। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन पछि पहिलो पटक बस्न लागेको यो बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

बैठकमा निर्वाचनको विस्तृत समीक्षा र आगामी राजनीतिक रणनीति तय गर्ने मुख्य एजेन्डा रहेको जनाइएको छ। चुनावमा अपेक्षित सफलता हासिल गर्न नसकेपछि पार्टीभित्र समीक्षा र आत्ममूल्यांकनको आवश्यकता देखिएको छ।

यता, बैठकअघि नै सभापति गगनकुमार थापाले बुधबार पदबाट राजीनामा दिएपछि पार्टीभित्र नयाँ तरङ्ग पैदा भएको छ। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका थिए। निर्वाचनको नतिजाप्रति नैतिक जिम्मेवारी लिँदै उनले यस्तो निर्णय लिएको चर्चा छ।

तर उपसभापति शर्माले भने थापाको राजीनामा स्वीकृत नहुने संकेत दिँदै उनकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्।

आजको बैठकमा सभापतिको राजीनामाबारे गम्भीर छलफल हुने र यसले पार्टीको भविष्य दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार