नेपाल सम्वत् ११४६, चिल्लागाः १५ चतुर्दशी (५ चैत्र, २०८२, १९ मार्च, २०२६) बिहीबार, बाँपिझ्याला । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको चैत १२ गते शपथसँगै नयाँ सरकार गठनको प्रक्रिया तीव्र हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यसअघि संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ, जसमा बालेन्द्र शाह (बालेन) लाई चयन गर्ने सहमति बनेको स्रोतले जनाएको छ।
पार्टीभित्रको सहमतिअनुसार बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको र सांसदको शपथपछि चैत १३ वा १४ गते प्रधानमन्त्रीको शपथ गराउने तयारी भइरहेको बताइएको छ। यस विषयमा रवि लामिछाने, बालेन, डीपी अर्याल र स्वर्णिम वाग्ले बीच छलफल भएको थियो।
पार्टी स्रोतका अनुसार निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिसकेपछि सरकार गठनमा ढिलाइ नगर्ने योजना बनाइएको छ। संसद सचिवालयले पनि चैत १२ गते सांसदहरूको शपथको कार्यतालिका सार्वजनिक गरिसकेको छ।
रास्वपाले सरकार गठनसँगै एकै चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। स्रोतका अनुसार:
विवादरहित र परिणाममुखी व्यक्तिलाई मन्त्री बनाउने
मन्त्रालय संख्या घटाएर चुस्त सरकार बनाउने
प्रधानमन्त्रीले सरकार सञ्चालन गर्ने र पार्टीले हस्तक्षेप नगर्ने समझदारी
अर्थ मन्त्रालयमा स्वर्णिम वाग्ले को नाम लगभग टुंगिएको बताइएको छ भने गृहमन्त्रीबारे अझै सहमति जुट्न बाँकी छ।
सभामुख र उपसभामुख चयनबारे पनि छलफल भइरहेको छ। सभामुख रास्वपाबाट र उपसभामुख प्रमुख प्रतिपक्षी दलबाट चयन गर्ने प्रस्तावमाथि समेत कुराकानी भएको स्रोतले जनाएको छ।
चैत दोस्रो साताभित्रै नयाँ सरकार गठन गर्ने लक्ष्यसहित रास्वपा अघि बढिरहेको देखिए पनि, यी सबै प्रक्रिया संवैधानिक र प्राविधिक पक्षमा निर्भर रहने भएकाले अन्तिम निर्णय भने औपचारिक प्रक्रियापछि मात्रै स्पष्ट हुनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij