Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

प्रधानमन्त्री कार्की द्वारा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई निर्वाचन सहयोगमा धन्यवाद

प्रधानमन्त्री कार्की द्वारा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई निर्वाचन सहयोगमा धन्यवाद

नेपाल सम्वत् ११४६, चिल्लागाः १४ चतुर्दशी ९४ चैत्र, २०८२, १८ मार्च, २०२६० बुधबार, बाँपिझ्याला । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र लोकतान्त्रिक रूपमा सफल बनाउन सहयोग गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विशेष धन्यवाद दिएकी छन्।

प्रधानमन्त्रीको निमन्त्रणामा आज बिहान बालुवाटारमा नेकपाका शीर्ष नेताहरूको भेटघाट भएको थियो। भेटमा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, साथै नेताहरू नारायणकाजी श्रेष्ठवर्षमान पुन सहभागी थिए।

भेटका क्रममा निर्वाचनपछिको राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनमा सक्रिय सहभागिता जनाएर मुलुकलाई संवैधानिक निकास दिन सहयोग गरेकोमा नेताहरूलाई धन्यवाद दिँदै निर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा पराजित उम्मेदवारहरूलाई शुभकामना व्यक्त गरिन्।

त्यसैगरी, नेकपाका नेताहरूले कठिन परिस्थितिमा पनि छोटो समयमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्रीको दृढता र नेतृत्वको प्रशंसा गरेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन नभएको भए देश गम्भीर संकटमा जान सक्ने उल्लेख गर्दै प्रधानमन्त्रीको साहसको सराहना गरे।

माधवकुमार नेपाल ले पनि प्रधानमन्त्रीको आगमनपछि राजनीतिक अस्थिरता कम भएको र संविधान तथा व्यवस्था जोगिएको विश्वास व्यक्त गरे।

समग्रमा, छोटो समयमै चुनाव सम्पन्न गराई राजनीतिक संक्रमणलाई व्यवस्थापन गरिएको भन्दै नेताहरूले यसलाई सरकारको सफल कार्यकालको रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार