Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

एभरेस्ट भक्तपुर स्कुलको १६औँ ‘ओपन डे’ सम्पन्न, विद्यार्थीका विविध सांस्कृतिक प्रस्तुति

एभरेस्ट भक्तपुर स्कुलको १६औँ ‘ओपन डे’ सम्पन्न, विद्यार्थीका विविध सांस्कृतिक प्रस्तुति

नेपाल सम्वत् ११४६, चिल्लागाः ११ एकादशी (३० फागुण, २०८२, १४ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । भक्तपुर एभरेष्ट भक्तपुर स्कुलले आफ्नो १६औँ ‘ओपन डे’ कार्यक्रम शनिबार सम्पन्न गरेको छ। भक्तपुर नगरपालीका–२ मिबाछेँस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा अभिभावक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयकी संस्थापक–प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले स्वागत मन्तव्यसहित विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सभाध्यक्षका रूपमा भक्त राजभण्डारी तथा प्रमुख अतिथिका रूपमा भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशी उपस्थित रहनुभएको थियो।

त्यस्तै विशेष अतिथिका रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम गोपाल कर्माचार्य तथा एभरेष्ट जन्मदिन कोषका सद्भावनादूत डा. तोयानाथ खनालको सहभागिता रहेको थियो।

schoo1.jpg

कार्यक्रममा विद्यालयले सञ्चालन गर्दै आएका शैक्षिक, सांस्कृतिक तथा सामाजिक गतिविधिबारे जानकारी दिइएको थियो। संस्थापक–प्रिन्सिपल राजभण्डारीका अनुसार वि।सं। २०६६ सालमा स्थापना गरिएको ‘एभरेस्ट जन्मदिन कोष’ मार्फत हालसम्म देशका ३२ जिल्लाका ३५ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना तथा विस्तारका लागि सहयोग पुर्‍याइएको छ।

विद्यालयले विद्यार्थीहरूमा सकारात्मक मूल्य र संस्कार विकास गर्न बुद्ध पूर्णिमा मा मुठीदान, दशैमा जमरा राख्ने अभ्यास, कुकुर तिहार म्हपूजा आमाको मुख हेर्ने तथा बुवाको मुख हेर्ने कार्यक्रम, हजुरबुवा–हजुरआमासँग नाति–नातिनी कार्यक्रम, कलर डे तथा जङ्गल पदयात्रा जस्ता गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

यसैगरी विद्यालयले Kathmandu University, Early Childhood Education Center, Digi School, Karkhana तथा Nyatapola Temple लगायत संस्थासँग सहकार्य गर्दै शिक्षक र अभिभावकका लागि विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।

कार्यक्रममा प्लेग्रुपदेखि कक्षा ३ सम्म अध्ययनरत ४४१ जना विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। विद्यालयका अनुसार यस्ता कार्यक्रमले बालबालिकामा आत्मविश्वास, सिर्जनशीलता तथा प्रस्तुति क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार