नेपाल सम्वत् ११४६, चिल्लागाः ११ एकादशी (३० फागुण, २०८२, १४ मार्च, २०२६) शनिवार, बाँपिझ्याला । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फिल्म लालीबजार को पहिलो गीत “मायालाई के दिऊँ म बैना सार्वजनिक गरिएको छ। गीतमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ तथा डेब्यु कलाकार विशाल देवकोटा फिचर्ड छन्।
गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षण बनेको छ भने यसको कोरियोग्राफी प्रदीप लामा ले गरेका हुन्। गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरी को स्वर, खेम सेन्चुरीकै संगीत तथा रमेश बिजी को शब्द रहेको छ।
यम थापा को कथा तथा निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँलगायत कलाकारको अभिनय छ। फिल्म आगामी वर्ष विसं २०८३ वैशाख १८ गते प्रदर्शन हुने तयारीमा छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij