Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दुवै मृगौला फेल भएपछि दोलखाका तिलक थामिको जीवन संकटमा, उपचारका लागि सहयोगको हार्दिक अपिल

दुवै मृगौला फेल भएपछि दोलखाका तिलक थामिको जीवन संकटमा, उपचारका लागि सहयोगको हार्दिक अपिल

नेपाल सम्वत् ११४६, चिल्लागाः ६ पञ्चमी (२५ फागुण, २०८२, ९ मार्च, २०२६) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका वडा नं. २, फुलपा निवासी कुवेरमान थामिका ३६ वर्षीय जेठा छोरा तिलक थामि हाल दुवै मृगौला विग्रिएर गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्।

चिकित्सकका अनुसार उहाँका दुवै मृगौलाले काम गर्न छोडेपछि हाल नियमित डायलसिस गरिरहनु परेको छ भने दीर्घकालीन रूपमा जीवन बचाउन मृगौला प्रत्यारोपण ९प्ष्मलभथ त्चबलकउबिलत० नै एकमात्र विकल्प भएको बताइएको छ।

परिवारका अनुसार केही समय अघिदेखि स्वास्थ्य समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचार गराउँदै जाँदा उहाँको दुवै मृगौला फेल भएको पुष्टि भएको हो। त्यसयता उहाँ निरन्तर डायलसिस गराउँदै आइरहनुभएको छ। तर डायलसिस र सम्भावित प्रत्यारोपणका लागि ठूलो आर्थिक खर्च लाग्ने भएकाले सामान्य आर्थिक अवस्था भएको परिवारलाई उपचार खर्च जुटाउन अत्यन्त कठिन भएको छ।

तिलक थामिको परिवारले उहाँको जीवन बचाउन देश–विदेशमा रहेका सहयोगी मनहरूलाई आर्थिक सहयोगको लागि हार्दिक अपिल गरेको छ। परिवारले “सानो सहयोगले पनि ठूलो जीवन बचाउन सक्छ” भन्दै मानवताको नाताले साथ दिन सबैलाई अनुरोध गरेको छ।

उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले तिलक थामिको श्रीमती रेनु थामिको बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ।

बैंक विवरणः
नामः रेणु थामी RENU THAMI
बैंकः माछापुच्छ्रे बैंक लिमिटेड
खाता नं: 0440988999800015 
सम्पर्क नंः 9866880133

यसैगरी भीमेश्वर नगरपालिका क्षेत्रभित्र नगद सहयोग गर्न चाहने व्यक्तिहरूले स्थानीय रूपमा निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

धन बहादुर थामि (गगरस) – 9869538040

कल्पना थामि (फुलपा) –  9864677457

राम बहादुर थामि (डोकथलि) – 9841005273

सन्त लक्ष्मी थामि (दोलखा) – 9849085181

स्थानीयवासीहरूले पनि तिलक थामिको उपचारका लागि सहयोग अभियान सुरु गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत यो सन्देश फैलाइरहेका छन् र सकेको सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार