नेपाल सम्वत् ११४६, चिल्लागाः ३, (२२ फागुण, २०८२, ६ मार्च, २०२६) शुक्रबार, बाँपिझ्याला, दोलखा । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दोलखा जिल्लामा ४९.६०% मतदान भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।
निर्वाचन कार्यालय दोलखाका अनुसार जिल्लाभर रहेका १ लाख ७० हजार ३२१ जना मतदातामध्ये ८४ हजार ४ सय ८१ जनाले मतदान गरेका छन्। प्रारम्भिक गणनाअनुसार जिल्लामा करिब आधा मतदाताले मात्रै मतदानमा सहभागिता जनाएका छन्।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको थियो। केही स्थानमा सामान्य विवाद भए पनि अधिकांश मतदान केन्द्रमा मतदान प्रक्रिया सामान्य रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानीय तहमा भएको मतदान संख्या यस प्रकार रहेको छः
कालिन्चोक गाउँपालिका – १०,४२९
विगु गाउँपालिका – ७,१३२
भीमेश्वर नगरपालिका – १५,४००
जिरी नगरपालिका – ६,९७२
शैलुङ गाउँपालिका – ९,४४४
गौरिशंकर गाउँपालिका – ८,२८३
बैतेश्वर गाउँपालिका – ९,५३६
तामाकोशी गाउँपालिका – ७,५९७
मेलुङ गाउँपालिका – ८,७९४
जिल्लाको सदरमुकाम रहेको भीमेश्वर नगरपालिकामा सबैभन्दा धेरै मतदाता सहभागी भएका छन् भने जिरी नगरपालिकामा तुलनात्मक रूपमा कम मतदान भएको देखिएको छ।
निर्वाचन कार्यालयका अनुसार केही दुर्गम क्षेत्र तथा मौसमका कारण पनि मतदाता सहभागितामा असर परेको अनुमान गरिएको छ।
मतदान सम्पन्न भएपछि अब मतपेटिका सङ्कलन र मतगणनाको तयारी भइरहेको छ। निर्वाचन कार्यालयले मतगणना प्रक्रिया छिट्टै सुरु गर्ने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij