नेपाल सम्वत् ११४६, चिल्लाथ्वः १३, (१७ फागुण, २०८२, १ मार्च, २०२६) आईतबार, बाँपिझ्याला, दोलखा । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दोलखामा प्रमुख राजनीतिक दलहरूबीच चुनावी गतिविधि तीव्र बनेको छ। सदरमुकाम चरिकोट केन्द्रित घरदैलो अभियानमार्फत दलहरूले मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्।
यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाले जिल्लाका विभिन्न स्थानसहित सदरमुकाम चरिकोट क्षेत्रमा आफ्नो घरदैलो अभियान सम्पन्न गरेको जनाएको छ। पार्टीका जिल्ला तथा नगरस्तरीय नेता–कार्यकर्ता, युवादेखि महिला कार्यकर्तासम्मको सहभागितामा मतदातासँग भेटघाट गर्दै आगामी निर्वाचनका एजेन्डा प्रस्तुत गरिएको थियो।
त्यस्तै, नेपाली कांग्रेस दोलखाले पनि चरिकोटलगायत जिल्लाका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरी मतदातासँग प्रत्यक्ष भेटघाट गरेको छ। कांग्रेसका नेता–कार्यकर्ताहरूले विकास, सुशासन, रोजगारी र पूर्वाधार निर्माणलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका थिए।
भीमेश्वर नगरपालिका अन्तर्गत पर्ने सदरमुकाम चरिकोटमा दुवै दलको सक्रिय उपस्थितिले चुनावी माहोल थप तातिएको देखिएको छ। स्थानीयवासीहरूको सहभागिता र चासोले यसपटकको निर्वाचन दोलखामा प्रतिस्पर्धात्मक हुने संकेत गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij