Aug 19 2026 | २०८३, भाद्र ३ गते

Aug 19 2026 | २०८३, भाद्र ३ गते

चरिकोटमा उत्साहजनक घरदैलो अभियान : दोलखामा विशाल खड्काको उम्मेदवारीले बढायो चुनावी माहोल

चरिकोटमा उत्साहजनक घरदैलो अभियान : दोलखामा विशाल खड्काको उम्मेदवारीले बढायो चुनावी माहोल

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः १३, (१७ फागुण, २०८२, १ मार्च, २०२६) आईतबार, बाँपिझ्याला, दोलखा । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा दोलखामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। विशेषगरी सदरमुकाम चरिकोट केन्द्रित राजनीतिक गतिविधिले जिल्लाको माहोल थप तातिएको देखिन्छ।

आज आइतबार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले प्रतिनिधि सभा सदस्य उम्मेदवार विशाल खड्काको पक्षमा सदरमुकाम चरिकोटमा व्यापक घरदैलो अभियान सञ्चालन गरेको छ।

पार्टी कार्यालयबाट सुरु गरिएको उक्त अभियानमा वडास्तरदेखि केन्द्रीय तहसम्मका नेता–कार्यकर्ता, युवा, महिला तथा शुभेच्छुक नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अभियानका क्रममा उम्मेदवार खड्काले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, पूर्वाधार विस्तार र सुशासनका एजेन्डा प्रस्तुत गरेका थिए।

भीमेश्वर नगरपालिका वडा नं. ३ स्थित चरिकोट बजार क्षेत्रमा स्थानीय बाजागाजासहित नगर परिक्रमा गरिएको थियो। परिक्रमाका क्रममा स्थानीय बासिन्दाहरूले खादा, माला तथा अविर लगाएर स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

दोलखामा चुनावी सरगर्मी बढ्दै जाँदा चरिकोटमा देखिएको उत्साहजनक सहभागिताले यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक र चासोपूर्ण हुने संकेत दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

यसरी नेकपा ले सदरमुकाम चरिकोटलगायत जिल्लाका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गरी मतदातासँग प्रत्यक्ष भेटघाट गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार