Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

दोलखामा सवारी दुर्घटना न्यूनीकरण अभियान तीव्र: ७५ चालकको स्वास्थ्य र लापसे परीक्षण

दोलखामा सवारी दुर्घटना न्यूनीकरण अभियान तीव्र: ७५ चालकको स्वास्थ्य र लापसे परीक्षण

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः ७, सप्तमी (१२ फागुण, २०८२, २४ फ्रेब्रुअरी, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखामा बढ्दो सवारी चाप र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरिएको छ। नेपाल प्रहरी को पहलमा ७५ जना सवारी चालकको स्वास्थ्य परीक्षण तथा मादक पदार्थ सेवन (लापसे) परीक्षण गरिएको हो।

अभियानअन्तर्गत चालकहरूको शारीरिक अवस्था जाँच गर्नुका साथै मापसे परीक्षण गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको प्रमुख कारणमध्ये तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति तथा स्वास्थ्य समस्या पनि रहने भएकाले नियमित अनुगमनलाई प्राथमिकता दिइएको छ।

भौगोलिक दृष्टिले जटिल सडक सञ्जाल रहेको दोलखामा यस्ता सचेतनामूलक तथा निगरानी अभियानले दुर्घटना दर घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ। प्रहरीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार