नेपाल सम्वत् ११४६, चिल्लाथ्वः १, प्रतिपदा (६ फागुण, २०८२, १८ फ्रेब्रुअरी, २०२६) बुधबार, बाँपिझ्याला, दोलखा । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार विशाल खड्का ले आफू जिल्लाको “साझा उम्मेदवार” जस्तै बनेको दाबी गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवारी दिएका खड्काले पार्टीको सीमाभन्दा माथि उठेर जिल्लावासीको व्यापक समर्थन प्राप्त भइरहेको बताएका छन् ।
उनका अनुसार विगतमा सांसद तथा मन्त्री रहँदा पार्टीगत विभेद नगरी सबै स्थानीय तह र वडामा विकास योजना लैजान प्रयास गरिएकाले जनताबीच विश्वासको वातावरण बनेको छ।
“म पार्टीको उम्मेदवार हुँ, तर व्यवहारमा जिल्लाकै साझा उम्मेदवारजस्तो साथ र समर्थन पाइरहेको छु,” उनले भने।
खड्काले जिल्लाको समग्र विकास, अधुरा योजनाको पूर्णता र नयाँ सम्भावनाको खोजी आफ्नो मुख्य एजेन्डा भएको उल्लेख गर्दै मतदातासँग पुनः विश्वासको मत दिनको लागि आग्रह गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij