Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

नेकपा को चुनावी सन्देश सभा मेलुङ–१ पवटीमा सम्पन्न

नेकपा को चुनावी सन्देश सभा मेलुङ–१ पवटीमा सम्पन्न

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः १, प्रतिपदा (६ फागुण, २०८२, १८ फ्रेब्रुअरी, २०२६) बुधबार, बाँपिझ्याला । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीले दोलखा अन्तर्गत मेलुङ गाउँपालिका–१ पवटी मा वडास्तरीय निर्वाचन परिचालन समितिको आयोजनामा चुनावी सभा सम्पन्न गरेको हो।

सभामा उम्मेदवार विशाल खड्का र समानुपातिक उम्मेदवार महेन्द्रबहादुर कार्की ले दोलखाको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै मतदातासँग समर्थन मागेका थिए। कार्यक्रम संयोजक प्रेमबहादुर थापा को अध्यक्षतामा भएको सभामा केन्द्रीय नेता गंगा कार्की र प्रदेश कमिटी अध्यक्ष भीमप्रसाद दाहाल, सहसंयोजक भरत दुलाल, नेता शंकर लामा, बद्री चौँलागाईँ, रविन्द्र कार्की, चुनु केसी, दिनेश उप्रेती लगायतले सम्बोधन गरेका थिए।

पार्टीले यसअघि जिरीशैलुङ मा पनि सभा गरिसकेको छ। साथै, घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिँदै भोलिदेखि गौरीशंकर गाउँपालिका मा घरदैलो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार