नेपाल सम्वत् ११४६, चिल्लाथ्वः १, प्रतिपदा (६ फागुण, २०८२, १८ फ्रेब्रुअरी, २०२६) बुधबार, बाँपिझ्याला । दोलखामा भिरबाट लडेर एक कामदार गम्भीर घाइते भएका छन्।
दोलखा जिल्लाको बिगु गाउँपालिका–१ बुमिङस्थित लामाबगर क्षेत्रमा आज बिहान करिब ०९:२० बजे उक्त घटना भएको हो। जिल्ला बागलुङ घर भई हाल सानीमा हाइड्रोपावर कम्पनीअन्तर्गत छिरिङ कन्स्ट्रक्सनमा कार्यरत अन्दाजी २८/२९ वर्षीय संजोग मगर व्लास्टिङ गरिएको माटो सफा गर्ने क्रममा अचानक करिब २० मिटर भिरबाट तल खसेका थिए।
घटनापछि उनलाई तत्काल गोंगर बेसमा प्राथमिक उपचारका लागि ल्याइएको थियो। थप उपचारका लागि कैलाश एयर को हेलिकप्टरमार्फत काठमाडौंस्थित KMC अस्पताल रिफर गरिएको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार घाइते मगर हाल बेहोस अवस्थामा रहेका छन् र बोल्न सक्ने अवस्थामा छैनन्। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा खटिएको र आवश्यक अनुसन्धान सुरु गरिएको बताइएको छ।
उक्त घटनास्थल लामाबगर बजारबाट करिब १० किलोमिटर पूर्वतर्फ पर्ने प्रहरीले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij