नेपाल सम्वत् ११४६, सिल्लागाः १४, पूर्णिमा (५ फागुण, २०८२, १७ फ्रेब्रुअरी, २०२६) मंगलबार, बाँपिझ्याला, दोलखा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले आज शैलुङ गाउँपालिका मा चुनावी सभा सम्पन्न गरेको छ।
जिरी बाट चुनावी प्रचार–प्रसार सुरु गरेको नेकपाले दोस्रो चुनावी सभा शैलुङमा आयोजना गरेको हो। निर्वाचन आयोग ले प्रचार–प्रसारका लागि तोकेको समय सोमबारबाट सुरु भएसँगै नेकपाले पहिलो चुनावी सभा जिरीमा गरेको थियो।
शैलुङको सभालाई नेकपा दोलखाका उम्मेदवार बिशाल खड्का, केन्द्रीय नेता गंगा कार्की, बागमती प्रदेश कमिटी अध्यक्ष एवं निर्वाचन परिचालन समिति संयोजक भिमप्रसाद दाहाल, सह–संयोजक भरत दुलाल तथा नेताहरू शंकर लामा, रिमालबाबु श्रेष्ठ, जितकुमार मोक्तान र संगिता तामाङ लगायतले सम्बोधन गरेका थिए।
पुराना वामपन्थी नेता भुवनसिंह थापा को अध्यक्षतामा सम्पन्न सभामा नेकपाका समानुपातिक उम्मेदवार महेन्द्र बहादुर कार्की तथा राष्ट्रियसभा सदस्य घनश्याम रिजाल लगायतको उपस्थिति रहेको थियो।
नेकपा दोलखाले चुनावी सभा साथै निर्वाचन लक्षित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij