नेपाल सम्वत् ११४६, सिल्लागाः १३, चतुर्दशी (४ फागुण, २०८२, १६ फ्रेब्रुअरी, २०२६) सोमबार, बाँपिझ्याला, जिरी । दोलखाको जिरीमा आयोजित चुनावी सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले विकास र समृद्धिलाई मुख्य एजेन्डा बनाउँदै स्थानीयसँग सहयोगको अपिल गरेका छन्।
जिरीमै पढेर हुर्किएको स्मरण गर्दै उनले पार्टीभन्दा माथि उठेर जिरीको समग्र विकासका लागि मतदान गर्न आग्रह गरे। बागमती प्रदेश सरकारमा रहँदा जिरी ताल र हनुमन्ते एकीकृत पर्यटन विकास योजना जस्ता परियोजना अघि बढाएको दाबी गर्दै उनले जिरीमा उल्लेखनीय बजेट भित्र्याएको बताएका छन्।
उनका अनुसार बाँकी योजना पूरा गरी जिरीलाई पर्यटन र पूर्वाधार विकासको केन्द्र बनाउने लक्ष्य रहेको छ।
स्थानीयका लागि यो प्रतिबद्धता रोजगारी, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि बढ्ने आशासँग जोडिएको छ। अब भने यी योजना कार्यान्वयनमा कत्तिको प्रभावकारी हुन्छन् भन्नेमा नै नागरिकको चासो केन्द्रित रहने देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij