Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

जिल्ला प्रहरी कार्यालय दोलखाले माघ महिनामा १८ मुद्दा दर्ता, ३ लाखभन्दा बढी राजस्व संकलन

जिल्ला प्रहरी कार्यालय दोलखाले माघ महिनामा १८ मुद्दा दर्ता, ३ लाखभन्दा बढी राजस्व संकलन


१८ मुद्दा दर्ता, ३ लाखभन्दा बढी राजस्व संकलनस प्रहरी–समुदाय सम्बन्ध थप सुदृढ

नेपाल सम्वत् ११४६, सिल्लागाः १३, चतुर्दशी (४ फागुण, २०८२, १६ फ्रेब्रुअरी, २०२६) सोमबार, बाँपिझ्याला । जिल्ला प्रहरी कार्यालय दोलखाले २०८२ साल माघ महिनामा सम्पादन गरेको कार्यसम्पादन विवरण प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ। सूचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार नियमित रूपमा कार्यसम्पादन सार्वजनिक गर्ने अभ्यासले प्रहरी र समुदायबीचको दूरी घटाउँदै पारदर्शिता तथा जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

१८ वटा मुद्दा दर्ताः

माघ महिनामा विभिन्न प्रकृतिका कुल १८ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, झुण्डिएर आत्महत्या, वैदेशिक कसुर, चोरी, परिवर्तन ज्यान, कुटपिट तथा लागूऔषध सम्बन्धी मुद्दा रहेका छन्।

फैसला कार्यान्वयनतर्फ ११ जना फरार प्रतिवादी पक्राउ परेका छन्। अदालतको आदेशअनुसार २५ दिन कैद तथा रु। ९,३०० जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकः

महिला हिंसासम्बन्धी १ उजुरी दर्ता भएको छ। हराएका व्यक्तितर्फ २ पुरुष र १ महिला गरी ३ जनालाई फेला पारिएको छ। घरेलु हिंसाका ४ उजुरीमध्ये ३ वटा मिलापत्रमार्फत समाधान गरिएको विवरणमा उल्लेख छ।

लागूऔषध नियन्त्रणमा सक्रियताः

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ४० ट्याब्लेट ट्रामाडोलसहित २ जना पक्राउ परेका छन्। साथै २२० ग्राम गाँजासहित १ जना तथा अन्य लागूऔषधसहित थप २ जनालाई नियन्त्रणमा लिइएको छ।

आत्महत्या सम्बन्धी विवरणः

माघ महिनामा झुण्डिएर आत्महत्या गरेको १ घटना दर्ता भएको छ। उक्त घटनामा संलग्न व्यक्ति पुरुष रहेको र १९–४० वर्ष उमेर समूहभित्र पर्ने जनाइएको छ।

सवारी दुर्घटना र राजस्व संकलनः

माघ महिनामा २ वटा सवारी दुर्घटना ९मोटरसाइकल र ईभी गाडी० भएका छन्। दुर्घटनामा ४ जना घाइते भएका छन् भने कुनै मानवीय क्षति भएको छैन। दुर्घटनाको मुख्य कारण सडकमा तुसारो जम्नु रहेको विश्लेषण गरिएको छ।

सवारी चेकजाँचका क्रममा ३४० सवारी साधनमाथि कारबाही गर्दै रु. ३,१४,००० राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।

नियमित गस्ती र सुरक्षा अवस्थाः

सुरक्षा व्यवस्थापन सुदृढ बनाउन माघ महिनामा २६५ पटक पिकेट ड्युटी, १६५ पटक सवारी चेकिङ तथा ४८८ पटक ग्रामीण गस्ती सञ्चालन गरिएको छ। साथै ६ पटक गस्ती पनि सञ्चालन गरिएको विवरणमा उल्लेख छ।

विशेष परिस्थिति ९बन्द, हड्ताल, आन्दोलन आदि० का कारण कुनै उल्लेखनीय सुरक्षा चुनौती नदेखिएको प्रहरीको भनाइ छ।

समुदायसँग सहकार्यः

अपराध न्यूनीकरण र जनचेतना अभिवृद्धिका लागि सामुदायिक साझेदारी कार्यक्रमहरू सञ्चालन गरिएको जनाइएको छ। सूचना अधिकारी तिमिल्सिनाले नियमित रूपमा कार्यसम्पादन सार्वजनिक गर्दा सर्वसाधारण सचेत र जानकारीमा रहन सहयोग पुगेको बताए।

जिल्ला प्रहरी कार्यालय दोलखाको यो पारदर्शी अभ्यासले जिल्लाको शान्ति–सुरक्षा व्यवस्थापनमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार